यूएईद्वारा नेपाल सामु २०३ रनको लक्ष्य

यूएईद्वारा नेपाल सामु २०३ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा यूएईले नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईमा टस जितेर नेपालले बलिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो । यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । सोमपाल कामीको बलमा बोल्ड हुनु अघि उनले ७३ बलमा २ चौका र एक छक्काको मद्दतमा सो रन जोडेका थिए ।

ओपनर मुहमद वासिमले ३३, चिराग सुरीले २६ र रित्या अरभिन्दले २४ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसी र सोमपाल कामीले २ २ विकेट झारे । दीपेन्द्र सिंह ऐरी र आरिफ शेखकको नाममा एकएक विकेट रह्यो । 

केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । 

जारी सिरिजमा नेपाल र यूएईले समान एकएक खेलमा जित निकालेका छन् । पहिलो खेलमा यूएईसँग पराजित नेपाल दोस्रो जितको खोजीमा छ । नेपालसँग पराजित पीएनजीले यूएईलाई भने हराएको थियो ।

१० खेलमा नेपालको १० अंक छ भने १७ खेलबाट यूएईको २० अंक छ । 

Skip This
Skip This
Logo