विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल पूरादेखि धमाधम उद्धार उडानसम्म (भिडियोसहित)

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल पूरादेखि धमाधम उद्धार उडानसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार पूरा भएको छ । वि.सं २०७३ भदौ २९ मा प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त भएका उनको चार वर्षे कार्यकाल आज पूरा भएको हो । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको पदावधि समेत पूरा भएको छ । वि.सं २०७५ असोज ४ गते अख्तियार प्रमुख आयुक्तमा नियुक्त भएका उनको आइतबार उमेर हदका कारण पदावधि पूरा भएको हो ।

त्यस्तै सरकारी अस्पतालहरु कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका बिरामीहरुको उपचारमा समस्या देखिएको छ । कोरोना संक्रमण तीव्र दरमा बढेसँगै सरकारी अस्पतालहरुलाई धमाधम कोभिड अस्पतालमा रुपान्तरण गर्दा सर्वसाधारण समस्यमा परेका हुन् ।

यसपालि नेपालीहरुको महान् चार्ड बडादशैंमा पुरानै सामानको भर पर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण विगत ६ महिनादेखि मुलुकभरीका बजारहरु बन्द अवस्थामा हुनु र विभिन्न मुलुकहरुसँगको नाका सील गरिएकाले सामान आउन नसक्दा यसपालिको दशैंमा पुरानै समानको भर पर्नुपर्ने अवस्था आएको हो । नेपाली बजारको अधिकांश हिस्सा ओगटेका चिनियाँ कन्टेनरहरु केरुङ नाकामा रोकिएका छन् ।

त्यस्तैगरी सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ । पछिल्लो अपडेटअनुसार घटनामा पुरिएका नौ जनाको शव भेटिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । पहिरोमा पुरिएर अन्य २२ जना बेपत्ता भएका छन् ।

कोरोना भाइरसको महामारीसँगै विश्वका विभिन्न देशमा अलपत्र परेका नेपालीहरुको धमाधम उद्धार भइरहेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीहरुको उद्धार भइरहेको हो । हालसम्म ३० देशमा रहेका ६१ हजार ७ सय १० नेपालीको उद्धार गरिएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo