प्रचण्ड कचौरा लिएर कहिले बालुवाटार कहिले बालकोट गरिरहेका छन् : धनराज गुरुङ

प्रचण्ड कचौरा लिएर कहिले बालुवाटार कहिले बालकोट गरिरहेका छन् : धनराज गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन्। 

स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको बताएका हुन् । 

'प्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छ' उनले भने ।

प्रचण्ड यसरी हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किनु पर्ने अवस्थासमेत आउने उनको भनाइ थियो ।  

‘कहिले  शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा ३० गतेपछि खाली नहोस् भनेर कामना गर्दछु,’  उनले भने ।न्युज कारखाना

Logo