१६ दशमलव ०४ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

१६ दशमलव ०४ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। सोमबार १८ दशमलव ०७ अंकले बढेको बजार आज पनि १६ दशमलव ०४ अंकले बढेर २ हजार ६५० दशमलव ७० विन्दुमा पुगेको हो। 

मंगलबार २३५ वटा धितोपत्रको ५३ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

मंगलबार १३ वटा समूहमध्ये व्यापार समूह बाहेक सबै समूहको परिसूचक बढेको छ।

मंगलबार इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

Logo