लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो : अध्यक्ष ओली

लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो : अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन्। एमालेको बुधबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए। 

‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन्। इतिहास त्यसैगरी रचना गरिएको छ।’ 

एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए। एमालेको काँधमा आजका समस्या र चुनौतीको सामना गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारासमेत रहेको उनले बताए। 

‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ। एमाले देशको प्रमुख राजनीतिक पार्टी हो। वर्तमानको जनविश्वास, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं,’ उनले भने।  

Skip This
Skip This
Logo