प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जाँदै

प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । यही चैत १८ गते उनी भरतको भ्रमणमा जाने तयारी भएको सचिवालयले जनाएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । वाङ तीनदिने भ्रमणका लागि भोलि नेपाल आउने कार्यक्रम छ ।

 उनले भारत भ्रमणका लागि ‘सक्दो सानो र प्रभावकारी’ टिम बनाउने तयारी गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणबारे अनभिज्ञता देखाएको छ ।  
 

Skip This
Skip This
Logo