चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै, शनिबार उच्चस्तरीय द्विपक्षीय वार्ता हुने

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै, शनिबार उच्चस्तरीय द्विपक्षीय वार्ता हुने

केन्द्रबिन्दु
6
Shares

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन्। 

परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्नेछन्।

वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र  १३ गतेलाई राखिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ। 

नेपाल भ्रमणको बेला उनले रास्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

चिनियाँ विदेश मन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Skip This
Skip This
Logo