फेरी बढ्यो सुनको मूल्य, तोलाको एक लाख नौ सय रुपैयाँ

फेरी बढ्यो सुनको मूल्य, तोलाको एक लाख नौ सय रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ साताको अन्तिम दिन शुक्रवार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार तेजाबी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि प्रतितोलामा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार एक हजार चार सय निर्धारण भएको छ ।

Logo