प्रदेश सरकारले ऐन कानूनहरुको कार्यान्वयन गर्न सकेन : कृष्णप्रसाद शर्मा

प्रदेश सरकारले ऐन कानूनहरुको कार्यान्वयन गर्न सकेन : कृष्णप्रसाद शर्मा

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेको बताएका छन् । 

बिहीवार बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले प्रदेश सरकारले बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताए । मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ती चरित्र देखाएको आरोप लगाए । 

उनले राजनीतिक नेतृत्व र कर्मचारी सामन्ती चरित्रबाट मुक्त हुन नसकेको भन्दै यसको विरुद्धमा आवाज उठाउनुपर्ने खाँचो रहेको तर्क गरे । 

उनले भने, ‘अहिले हामी संघीयतामा छौँ । संघीयतामा छौँ तर मलाई अनुभुति भइराखेको छ, संघीयताको मर्म अनुसार यो चल्या छैन । त्यसैले हामीले जति ऐन, कानून प्रदेशमा बनाएका छौँ त्यसलाई कार्यान्वयन गर्न पनि सकिराखेको छैनौँ । अघि भर्खरै मैले हेरे हाम्रो सञ्चार रजिष्ट्रारले देखाउनुभयो एउटा राजपत्रमा प्रकाशित भएको अधिकार प्रदेश छ, त्यसको अर्को मेशिनरी के–के गर्नको लागि अधिकार दिनेचाहीँ संघ छ । हामी जुन राजनीतिक संस्कार बाट हुक्र्यौँ त्यो आफुसँग भएको अधिकार उसले दिन चाहिराखेको छैन ।’ 

उनले थपे, ‘मन्त्री खनालले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदासम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताए ।  संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको उनको भनाइ छ । 

Skip This
Skip This
Logo