इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपति, इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि

इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपति, इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि

केन्द्रबिन्दु
0
Shares

आज २६ मार्च । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना

रुसमा पुटिन राष्ट्रपति
सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए। भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो। रुसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो समयमा युक्रेनमाथि रुसी हमला गर्ने निर्णयका कारण अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ। रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ।

मर्कोसर समूह स्थापना
सन् १९९१ मा चार वटा दक्षिण अमेरिकी देशहरुले मर्कोसर समूह स्थापना गरेका थिए। अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन्। साझा बजार प्रबर्द्धन गर्ने उद्देश्यले समूह स्थापना गरिएको हो।

इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि
सन् १९७९ मा इजरायल र इजिप्टबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। इजिप्टका राष्ट्रपति अजवर अल सदात र इजरायलका प्रधानमन्त्री मेनाचेम बिगिनले सो सन्धिमा हस्ताक्षर गरेका थिए। सम्झौतासँगै दुई देशबीचको ३० वर्ष लामो युद्ध समाप्त भएका थियो ।

जैविक हतियार सन्धि
सन् १९७५ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो। सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ। यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन्।

Skip This
Skip This
Logo