गठबन्धन स्थानीय आवश्यकता अनुसार भन्ने मत बैठकमा आएको छ : कांग्रेस प्रवक्ता महत

गठबन्धन स्थानीय आवश्यकता अनुसार भन्ने मत बैठकमा आएको छ : कांग्रेस प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नु उचित हुने विचार राखेको बताएका छन्। 

बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता डा. महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धनबिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भन्ने आशयको विचार केन्द्रीय सदस्यहरुले  प्रकट गरिरहेको बताएका हुन्। 

उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफलपछि टुंगोमा पुगिने बताए । उनले केन्द्रीय समितिमा स्थानीय निर्वाचनका सम्बन्धमा आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने र कतै गठबन्धन नगरे पनि हुने भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उल्लेख गरे । 

उनले बैठकमा बोल्ने केन्द्रीय कार्य समितिका सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको बताए । 

गठबन्धन लाद्न खोजिएको छैन
प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जर्बजस्ती निर्णय लाद्न खोजेको भनि गलत प्रचार गरिएको पनि बताए ।  

उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक निकायहरुबाटै निर्णय गर्दै आएकाले गठबन्धनका सम्बन्धमा पनि केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताए । सभापतिले जर्बजस्त निर्णय लाद्न खोजेको आरोपमा कुनै सत्यता नभएको उनले बताए । 

स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई वेवास्ता गरेरमाथिबाट कुनै पनि निर्णय नलादिने उनले स्पष्ट पारे । 

‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएका छन्। आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ। सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने झुटो कुरा हो’, प्रवक्ता डा. महतले भने ।

प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्षको मनोनयनसम्बन्धी विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए। पार्टी सभापति देउवाले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार नै नेताहरुसँग आवश्यक सरसल्लाह र सुझाव लिएरै निर्णय गरेको उनको दाबी थियो।

Skip This
Skip This
Logo