सञ्चारिका समूह नेपालको अध्यक्षमा तुम्खेवा विजयी

सञ्चारिका समूह नेपालको अध्यक्षमा तुम्खेवा विजयी

केन्द्रबिन्दु
0
Shares

सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन्। शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरि विजयी भएकी हुन्।

उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन्। अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हाे। त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बाँस्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन्। त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गरिन्। सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन् भने कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन्।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्। सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।

Skip This
Skip This
Logo