अपहृत नाबालिका सकुशल मुक्त, अपहरणमा संलग्न पाँच पक्राउ

अपहृत नाबालिका सकुशल मुक्त, अपहरणमा संलग्न पाँच पक्राउ

केन्द्रबिन्दु
0
Shares

अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले शुक्रबार साँझ एक नाबालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ। अपहरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई शुक्रबार साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले मुक्त गराएको हो। 

बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बिहीबार साँझ आफ्नै घर आँगनबाट अचानक नाबालिका बेपत्ता भएको भन्दै परिवारजले प्रहरीमा जानकारी गराएका थिए। सूचना पाए लगत्तै प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले नाबालिकाको खोजी सुरु गरेको थियो । 

त्यही क्रममा नाबालिकाका बुबाको मोबाइलमा अपहरणकारीहरूले रु १५ लाख फिरौती माग गर्दै गरेको फोनका आधारमा मोबाइल नेटवर्किङ पत्ता लगाउँदै अपहरणकारीसम्म पुग्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। अपहरण मुक्त गराउन सफल भएकी नाबालिकाको स्वास्थ्य परीक्षणपश्चात् साँझ परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo