सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठ संसदीय सुनुवाई समितिमा उजुरी नपर्ने पहिलो न्यायाधीश

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठ संसदीय सुनुवाई समितिमा उजुरी नपर्ने पहिलो न्यायाधीश

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि उजुरी परेको छैन। गत बिहीबारसम्मको समयसीमा तोकेर संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरे पनि कुनै उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

‘अरुको सिफारिशहरुमा उजुरी नपरेको रेकर्डहरु त छन्, तर सर्वोच्चको न्यायाधीशको हकमा कुनै उजुरी नपरेको पहिलो न्यायाधीशको रेकर्ड भने श्रेष्ठजीले कायम गर्नु भएको छ,’ सभापति कर्णले भने । उनका अनुसार मंगलबार बस्ने सुनुवाई समितिको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गर्नेछ।

Skip This
Skip This
Logo