भ्रष्टाचार नियन्त्रणमा सेवाग्राहीको भूमिका अझै महत्त्वपूर्ण: प्रमुख आयुक्त चन्द

भ्रष्टाचार नियन्त्रणमा सेवाग्राहीको भूमिका अझै महत्त्वपूर्ण: प्रमुख आयुक्त चन्द

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्थानीय तहमा सुशासन कायम नहुँदा सरकारको विश्वसनीयता र साख कमजोर बनिरहेको गुनासो आएको बताएका छन् । 

उनले घुस लिने वा दिने दुवै पक्षको खराब आचरणका कारण भ्रष्टाचार हुने बताउँदै घुस लिनु र दिनुमा सेवाग्राहीको समेत भूमिका रहेको बताए । 
जुम्लामा शनिवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा  सुशासन  प्रवर्द्धन सम्बन्धी अन्तरक्रियामा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी भ्रष्ट आचरणमा संवेदनशील हुनुपर्ने र सार्वजनिक पदाधिकारीसँग सम्पर्कमा रहने समाजका अन्य व्यक्ति समेत गलत आचरणप्रति सचेत हुनु पर्ने उनको सुझाव छ ।

आयोगका सहसचिव राजेन्द्र केसीले भ्रष्टाचार निवारण ऐ अनुसार सार्वजनिक कार्य गर्दा रिसवत लिएको, जिम्मेवारी निर्वाह गर्दा कमिसन लिएको, राजस्व उठाउनुपर्ने कर्तव्य भएको राष्ट्रसेवकले राजस्व चुहावट गरेको, राजस्व चुहावट गर्न दुरुत्साहन गरेको, सरकार वा सार्वजनिक संस्थालाई गैरकानुनी हानी पुर्‍याउने कार्य गरेको, झुटो विवरण दिएको, गलत प्रतिवेदन दिएको, गैरकानुनी सम्पत्ति आर्जन गरेको अवस्थालाई भ्रष्टाचारका रूपमा परिभाषित गरेको बताए ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतलेसेवा लिन आउने सेवाग्राहीले सेवा लिन पुर्‍याउनुपर्ने आधार तयार नगरी सेवा केन्द्रमा आउने, नागरिक बडापत्र अध्ययन नगर्ने, कर्मचारीलाई भन्दा बिचौलियालाई विश्वास गरी उनीहरूसँगै काम गर्ने, घुस नदिई सेवा प्राप्त गर्न सकिने तथ्यमा विश्वस्त नहुनु लगायत कारणले सार्वजनिक निकायमा भ्रष्टाचार क्रमशः संस्थागत हुँदै गएको बताए । सुशासन कायम गरी भ्रष्टाचाररहित सार्वजनिक सेवा प्रवाहको अभियानमा राज्य लागेको भए पनि नीतिगत वासस्थानै भ्रष्ट रहेको बताए । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले भ्रष्टाचारजन्य कार्य नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्रियाशीलता अपेक्षाकृत सराहनीय भएको बताइन् ।

जुम्लाका स्थानीय तहमा भष्ट्राचरसम्बन्धी मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा जुम्लाका सबै स्थानीय तहका मुद्दा परेका छन् । सबैभन्दा बढी मुद्दा चन्दननाथ नगरपालिकाका १२ वटा छन्  । यस्तै हिमागाउँपालिका ५, सिंजा ४, तातोपानीमा ४,  कनकासुन्दरी ३,  तिलागाउपालिका  २,  गुठीचौरमा २ र पातारासीमा २ गरी ३४ वटा मुद्दा परेका छन् ।

जसमध्ये चन्दननाथ नगरपालिकाका  १० वटा मुद्दा फर्स्यौट भइसकेको छ भने दुई वटा फर्स्यौट हुन बाँकी छ । यस्तै  हिमाका १, तिलाका  १, सिंजाको २,  कनकासुन्दरीको १ गुठीचौरको एक मुद्दा फर्स्यौट हुन बाँकी रहेको आयोगको कार्यालय सुर्खेतले जाएको छ । 

Skip This
Skip This
Logo