एमसीसीपछि अझै धेरै आर्थिक सहायता आउने प्रधानमन्त्री देउवाको दाबी

एमसीसीपछि अझै धेरै आर्थिक सहायता आउने प्रधानमन्त्री देउवाको दाबी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा आफूले नबढाएको बताएका छन् ।  तर, बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिने सकिने उनको भनाइ छ ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका कारण थप आर्थिक सहयोग आउने दाबी पनि गरेका छन् ।

‘‘केहीले व्यापार घाटाका कुरा गर्नु भयो, मैले व्यापार घाटा बढाएको हो र ? बरु एमसीसी पारित गरेपछि पैसा आएको छ, अब व्यापार घाटा कम हुनेछ,’ देउवाले भने, ‘एमसीसी पारित भएको छ, अब आर्थिक सहयोग धेरै आउँछ ।’ प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन कायमै गरेर जानु पर्ने पुनः दोहोर्‍याएका छन् ।

Logo