नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन्।
नेपाल मुस्लिम इत्तेहाद संगठनको छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझे पनि सबै मिलेर एमालेसँग लड्न सकिँदैन भन्ने कुरा चाहीँ नबुझेको टिप्पणी गरे। उनले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरुलाई साथमै लिएर गएपनि एमालेलाई फरक नपर्ने बताए।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिए।
अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताए । माओवादीलाई पखालेर बागमती नै मैलिएको उनले टिप्पणी गरे। युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उनले बताए।
अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भुमिका खेल्नुपर्ने बताए। मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उनको भनाइ थियो।































प्रतिक्रिया