स्थानीय तहको निर्वाचनः दाङमा २२ दल दर्ता

स्थानीय तहको निर्वाचनः दाङमा २२ दल दर्ता

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनका लागि दाङमा २२ राजनीतिक दल दर्ता भएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारी अनुसार ६ प्रमुख दल बाहेक २२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन्।

प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको बताए। 

आयोगले तोकेको समयमा जिल्लामा रहेका २२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन्। भण्डारीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले २२ दलले चिह्नका लागि विवरण बुझाएका हुन्। उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ। 

जिल्लामा नेपाली कांग्रेस वीपी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल लोकतान्त्रिक पार्टी दर्ता भएका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।  

समाजवादी लोकतान्त्रिक पार्टी नेपाल, नेश्नलिष्ट पिपल्स पार्टी, नेकपा मार्क्सवाद–लेनिनवाद, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय उन्मुक्ति (थरुहट), नेकपा (समाजवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका हुन्। 

Skip This
Skip This
Logo