यथास्थितिवादीहरु माओवादी केन्द्रलाई सिध्याउनु पर्छ भनेर लागिपरेका छन् : अध्यक्ष दाहाल

यथास्थितिवादीहरु माओवादी केन्द्रलाई सिध्याउनु पर्छ भनेर लागिपरेका छन् : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु  माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाए। माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी  लागेको उनको भनाइ थियो। 

“अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशिता र समानुपातिकता खोसिने खतरा छ”, उनले भने । परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने अध्यक्ष दाहालले उल्लेख गरे। निर्वाचनमा विजय हासिल गरेर उपलब्धिको रक्षा गर्नुपर्नेमा उनकाे जोड थियाे। 

Skip This
Skip This
Logo