फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन विजयी

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन विजयी

केन्द्रबिन्दु
0
Shares

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् । जर्मनीले इजरायललाई २-० अन्तरले हरायो। जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे।

२६ ‌औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए। खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन्। 

अर्को खेलमा स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो। स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे। अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए।

७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै  खेल १-१ को स्थितिमा पुर्याए। खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जीत दिलाए।

Skip This
Skip This
Logo