नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रावणसँग तुलना गरेका छन्।
आइतबार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरे।
उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मकरुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए।
अध्यक्ष नेपालले अध्यक्ष ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गरे। हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोपसमेत लगाए।
अध्यक्ष नेपालले भने, ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृतिहरु देखिए, कंशमा के के प्रवृतिहरु देखिए, शिशुपालले सय वटा के के अपराध गरे र हिटलरले के के गरेका थिए। ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् । डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो। डेमोक्रेसीको आवरणमा बोल्यो । डेमोक्रेसीले नै जन्माएको हो हिटलर । तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ । तानाशाह पनि जन्माउँछ । कांग्रेस वा भनौँ हाम्रा विपक्षीहरुलाई के भन्नुपर्छ भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्छन् नि, होइन, कम्युनिष्टको आवरणमा पनि तानाशाहहरु जन्मिदा रहेछन् । डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिष्टहरुको आवरणमा पनि तानाशाह जन्मिन्छ । कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन । यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो।’
अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढीरहेको दाबीसमेत गरे ।































प्रतिक्रिया