एमालेले माग्यो स्थानीय तहको घोषणा पत्रमा सल्लाह सुझाव

एमालेले माग्यो स्थानीय तहको घोषणा पत्रमा सल्लाह सुझाव

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष नेकपा एमालेले आसन्न स्थानीय तहको चुनावका लागि पार्टीले तयार पार्ने घोषणा पत्रमा सल्लाह र सुझाव माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी वैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेको केन्द्रले बनाउने स्थानीय तहको प्रतिवद्धता तथा घोषणा पत्रमा समेट्न विषयका लागि सल्लाह र सुझाव माग गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए । 

सुझाव दिन चाहने हरुले इमेल मार्फत त्यस्तो सुझाव दिन सक्ने उनले बताए । गुरुङका अनुसार सुझाव दिन चाहनेले  मा इमेल गर्न सक्ने बताए । 

प्रतिवद्धता पत्रका लागि  एमालेले चैत १६ गते भर्चुअल अन्तरक्रिया समेत राखेको बताउँदा उनले केन्द्रीय नेताहरू भौतिक रूपमा तथा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने जनाए । 

केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए ।

Skip This
Skip This
Logo