उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आइतबार भएको आगलागीबाट पशुचौपायासहित ७ घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो । आगलागीबाट दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा लगायत पशु चौपायापनि जलेको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए । आगलागीबाट अन्नपात, लत्ताकपडा सवै जलेर नष्ट भएको छ ।
आगलागीबाट भैरबबहादुर गरङ्जा मगर, पदमबहादुर गरङ्जा मगर, यम्बरबहादुर गरङ्जा मगर, दिपबहादुर गरङ्जा मगर, धनमाया गरङ्जा मगर, शेरबहादुर गरङ्जा मगर र ओमबहादुर गरङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ ।































प्रतिक्रिया