न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताका वाहक हुन् : राष्ट्रपति भण्डारी

न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताका वाहक हुन् : राष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताएकी छिन्। पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ। पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ। यो लोकतन्त्रको सुन्दर उपहार हो।’

राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड जरिवाना गर्ने कुरा लोकतन्त्रमा ठुलो हुने बताइन्। तर, समितिले न्याय दिँदा गम्भीर हुनुपर्ने बताइन्। संविधानले स्थानीय सरकारले नै न्याय सम्पादन गर्न सक्ने व्यवस्था गरेको छ।

पोखरा महानगरले समितिका संयोजकहरुको राष्ट्रिय भेला आयोजना गरेको हो। कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको क्षेत्राधिकार किटान गरेकाले अधिकारभित्र रहेर काम गर्न आग्रह गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार विस्तार गरेर घरदैलोबाटै न्याय दिन सकेको बताए।

Skip This
Skip This
Logo