सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घट्याे, ९९ हजार दुई सय कायम

सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घट्याे, ९९ हजार दुई सय कायम

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ।

सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ।

Skip This
Skip This
Logo