भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने, ‘यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्’

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने, ‘यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन्। साे क्रममा उनले बहुद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे। यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइएको छ।  

टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए। उनकाे दावी थियाे, 'भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ।' उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेकाे बताए। उनले भने, 'यसकारण म यस कार्यको प्रशंसा गर्छु। यसले याे क्षेत्रकाे विकासमा सहयाेग पुगाेस्।'  

यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नु पर्ने उनको भनाइ छ। 'अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईंहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो।' ओलीले भने । 

Logo