बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।
बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुने बताइएको छ । ‘बिमस्टेक शिखर सम्मेलनमा चारवटा दस्तावेजमा हस्ताक्षर हुने बताइन्छ ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।































प्रतिक्रिया