राप्रपा मकवानपुरका अध्यक्षसहित ७८ जनाले कमल थापालाई साथ दिने

राप्रपा मकवानपुरका अध्यक्षसहित ७८ जनाले कमल थापालाई साथ दिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले पार्टीका पूर्वअध्यक्ष कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै उनीहरुले पार्टीमा सैद्धान्तिक विचलन आएकाले राप्रपामा अघि बढ्न नसक्ने जनाएका छन् । 

वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेकोले उनलाई साथ दिने उल्लेख गरिएको छ। थापालाई अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिवद्धता वक्तव्यमा उल्लेख छ।

वक्तब्यमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश अध्यक्ष, नगर र गाउँपालिकाका अध्यक्ष तथा जनवर्गीय संगठनका प्रमुखसहित ७८ जना नेताहरुको नाम छ।

Skip This
Skip This
Logo