सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख पहिरो प्रभावित क्षेत्रमा जाँदै

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख पहिरो प्रभावित क्षेत्रमा जाँदै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।

नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । “ठूलै मानवीय क्षति भएको हुन सक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भने ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

तस्वीरहरु : बजिरसिंह भण्डारी

Skip This
Skip This
Logo