बिम्सटेक सम्मेलन कोलम्वोमा सुरु हुँदै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

बिम्सटेक सम्मेलन कोलम्वोमा सुरु हुँदै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को शिखर सम्मेलनमा आज बुधबार श्रीलंकाको राजधानी कोलम्वोमा सुरु हुँदै छ । सो सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज भर्चुअल सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्का सम्मेलनमा सहभागी हुन यसअघि नै श्रीलंका पुगेका छन् । बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

Skip This
Skip This
Logo