अर्जेन्टिना रोकिँदा ब्राजिलको जित, इक्वेडर विश्वकपमा छनोट

अर्जेन्टिना रोकिँदा ब्राजिलको जित, इक्वेडर विश्वकपमा छनोट

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकप-२०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिँदा ब्राजिलले भने सानदार जित निकालेको छ।

बुधबार बिहान भएको खेलमा दोस्रो स्थानको अर्जेन्टिना इक्वेडरसँग १-१ को बराबरीमा रोकियो। जुनियन अल्भारेजले पहिलो हाफमा गरेको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लिए लिएको थियो । 

तर, इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। उसका इनेर भ्यालेन्सिकाले गोल गरे। दक्षिण अमेरिकी च्याम्पियनलाई बराबरीमा रोकेसँगै इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। 

छनोटको दोस्रो स्थानको अर्जेन्टिनाले भने यसअघि नै विश्वकपको टिकट काटिसकेको छ। यस बराबरीसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म पुर्‍याएको छ।

दक्षिण अमेरिकी छनोटबाट विश्वकपको टिकट काट्ने चार टोलीको टुंगाे लागेको छ। विश्वकपमा अर्जेन्टिनासँगै ब्राजिलले अपराजित रहँदै आफ्नो स्थान सुरक्षित गर्‍याे। यस्तै, उरुग्वे तेस्रो र इक्वेडर चौथो स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरे।

बिहानै भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० अन्तरले पराजित गर्‍याे। ब्राजिलको जितमा  रिचार्लिसनले दुई गोल गरे। यस्तै लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल गरे।

Skip This
Skip This
Logo