देश विकासको परियोजना नै कांग्रेसको मूल योजना हाे ⁚ कांग्रेस महामन्त्री शर्मा

देश विकासको परियोजना नै कांग्रेसको मूल योजना हाे ⁚ कांग्रेस महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासको परियोजना नै कांग्रेसको मूल योजना रहेको बताएका छन्। काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.२ द्वारा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले देश विकासको परियोजना नै कांग्रेसको मूल योजना रहेको बताएका हुन्।

अगुवा कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका महामन्त्री शर्माले एमसीसी भविष्यको लागि पास गरिएको र यसले नेपाललाई फाइदा हुने पनि प्रष्ट पारे । साथै चुनावी गठबन्धनलाई गठबन्धनभन्दा पनि तालमेलको रुपमा लिएर नेपाली कांग्रेसमा भोट हाल्न शर्माले सबैमा आग्रह गरेका छन्।

कार्यक्रममा केन्द्रीयस्तरका सहित जिल्लाका नेताहरू गणेश लामा, मधु आचार्य, कन्चनचन्द्र वादे, तीर्थ लामा, महेश खरेल लगायतका नेताहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा आएकाहरुलाई स्वागत पनि गरिएको थियो। कार्यक्रममा एमाले लगायत अन्य पार्टीबाट दर्जनाैंकाे संख्यामा युवाहरू कांग्रेस प्रवेश गरेका थिए ।
(विमल पाैडेलकाे सहयाेग)

Skip This
Skip This
Logo