उच्च अंकले बढ्यो नेप्से, २ अर्ब २५ करोडको कारोबार

उच्च अंकले बढ्यो नेप्से, २ अर्ब २५ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको चौँथो दिन बुधबार (आज) शेयर बजारमा हरियाली देखिएको छ। यो साता कारोबार भएको दिनदेखि निरन्तर ओरालो लागेको बजार आज सकारात्मक देखिएको हो। मंगलबार १४ दशमलव २६ अंकले घटेको बजार बुधबार ४० दशमलव ६८ अंकले बढेर २ हजार ५६८ विन्दुमा पुगेको हो।  

बुधबार २३२ वटा धितोपत्रको ४५ लाख २ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब २५ करोड १ लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

त्यस्तै, १३ वटा समूहमध्ये सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी अन्य समूहको ४ दशमलव १२ प्रतिशतले बढेको हो । 

बुधबार ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन् । 

कारोबार रकमको आधारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । 

Skip This
Skip This
Logo