सिन्धुपाल्चोक।
यस वर्ष सिन्धुपाल्चोकमा एक पछि अर्को प्राकृतिक प्रकोपले दुःख दिएको छ । जिल्लाको बाह्रबिसे नगरपालिकास्थित घुम्थाङमा गए राति आएको पहिरोले १८ घर बगाएको छ ।
सो पहिरोमा १२ जना भन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ । तर गाउँमा कसैसँग पनि सम्पर्क नभएकाले संख्या यस भन्दा बढी पनि हुन सक्ने बताइएको छ ।
सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले सामाजिक संजालमार्फत दिएको जानकारी अनुसार सभामुख अग्नि सापकोटा घटनास्थल तर्फ जाँदैछन् । न्यौपानेले दिएको जानकारी अनुसार २ वटा गाउँमा गरि १८ घर पहिरोमा बगेका छन् ।

घटनास्थल अरनिको राजमार्गको बसेरीबाट करिब एक घन्टाको दुरीमा छ । घटनाको थप विवरण आउन बाँकी छ ।
यस अघि असारको २४ गते बाह्रबिसेकै भोटेकोशीमा आएको बाढीले बगाएर १२ जनाको मृत्यु भएको थियो भने २२ जना बेपत्ता भएका थिए । यस्तै जुगल गाउँपालिकामा साउन ३१ गते आएको पहिरोमा ३७ जनाको मृत्यु भयो भने २ जना अझै बेपत्ता भएका छन् ।





























प्रतिक्रिया