सुनको मूल्य आठ सय रुपैयाँले बढ्याे, ९९ हजार सात सय रुपैयाँ कायम

सुनको मूल्य आठ सय रुपैयाँले बढ्याे, ९९ हजार सात सय रुपैयाँ कायम

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ शुक्रबार आठ सय रुपैंयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ। 

यसअघि, बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ १० रुपैयाँ बढेको छ। बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ  निर्धारण भएको छ।

Skip This
Skip This
Logo