कोरोना संक्रमितको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको लापर्बाही , आजको कूल संक्रमित १२०१ कि १२०२ ?

कोरोना संक्रमितको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको लापर्बाही , आजको कूल संक्रमित १२०१ कि १२०२ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको २४ घण्टाको कोरोना अपडेटमा त्रुटि देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा आज थपिएको संख्या १२०२ अपडेट गरेको छ ।

यता मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले नियमित पत्रकार सम्मेलनमा सो संख्या १२०१ भनेर बाचन गरेका थिए । स्वास्थ्य मन्त्रालयले भाइबर मार्फत पठाएको विवरणमा पनि १२०१ नै उल्लेख छ । यसर्थ धेरै जसो मिडियाहरुले आजको दुई थरि डाटा दिएर समाचार प्रकाशन गरेका छन् । स्वास्थ्य मन्त्रालयलाई प्रश्न , आजको सहि तथ्यांक कति ?

मन्त्रालयले बताए अनुसार काठमाडौं उपत्यकामा आज ४३१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना थपिएका हुन् । विहिबार ५७२ जना थपिएका थिए । शुक्रबार ६९६ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९,१०३ , भक्तपुरमा ९०७ र ललितपुरमा १,१२९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ११,१३९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ । विहिबार ५ जनाको मृत्यु भएको थियो । शुक्रबार ५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुगेको छ । आज १,२०२ जना थपिएका छन् । शुक्रबार १,४५४ जना थपिएका थिए । विहिबार १,२४६ जना थपिएका थिए । यस्तै बुधबार १,०८१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । आज निको हुनेको संख्या ८५२ रहेको छ । शुक्रबार ९७२ जना निको भएका थिए । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । आज १०,१७६ पिसिआर गरिएको थियो ।

Skip This
Skip This
Logo