उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति

उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्।
 
प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 
प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका हुन्। 

Skip This
Skip This
Logo