प्रधानमन्त्रीलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीको प्रश्न : मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?

प्रधानमन्त्रीलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीको प्रश्न : मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?

केन्द्रबिन्दु
0
Shares

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले शनिबार विहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु लम्पसार भएको टिप्पणी गरेका हुन् ।

डा. लोहनीले लेखेका छन्, ‘सम्मानीय प्र.म. देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ?’ 

प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ । ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने ?’ लोहनीले अर्को प्रश्न गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् । 

उनले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् । 

Skip This
Skip This
Logo