कसले मार्ला अर्थमन्त्रीको बाजी ? पौडेल, ज्ञवाली र पाण्डे प्राथमिकतामा

कसले मार्ला अर्थमन्त्रीको बाजी ? पौडेल, ज्ञवाली र पाण्डे प्राथमिकतामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थ मन्त्रालय सम्हालेका डा. युवराज खतिवडाको साढे दुई बर्षे कार्यकाल सकिएपछि मन्त्रालयहरुमा आकर्षक मानिएको अर्थ मन्त्रालय सम्हाल्न आकांक्षीहरु सलबलाउन थालेका छन् ।

यतिबेला सरकारको उच्च तहमा पनि भावी अर्थमन्त्रीका विषयमा ब्यापक छलफल हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पार्टीभित्रै व्यापक विरोध हँुदाहँुदै पनि डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए । उनको कार्यकाल सकिएपछि फेरि उनैलाई दोहो¥याउने चर्चा पनि निकै चलेको थियो । तर पार्टीभित्र विवाद भइरहेकाले अल्पमतमा परिएला भन्ने डरले प्रधानमन्त्री ओलीले डा. खतिवडालाई छाडे ।

खतिवडा सरकारबाट बाहिरिएपछि अब प्रधानमन्त्री ओलीको प्राथमिकतामा दई जना पूर्वअर्थमन्त्री र एकजना बहालवाला मन्त्री परेका छन् । पूर्व अर्थमन्त्री द्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा बहावाला मन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीको प्राथमिकतामा छन् । त्यसमध्ये पनि विष्णु पौडेलको सम्भावना अरुको तुलनामा बढी भएपनि उनी यसपाली अर्थमन्त्री नबन्ने निकट स्रोतको भनाइ छ । प्रधानमन्त्रीका विश्वासिला पात्र मानिन्छन पौडेल । प्रधानमन्त्री ओलीको पौडेललाई नै अर्थमन्त्री बनाउने चाहना छ । ‘उहाँ (विष्णु पौडेल) ले चाहानु भयो भने अर्थमन्त्री नबने कुरै छैन ।’ स्रोतको दाबी छ ।

तर रक्षा, जलस्रोत, खेलकुद तथा अर्थमन्त्री भइसकेका पौडेलले पार्टीको महाधिवेशन नजिकिँदै गरेकाले पार्टीकै काम गर्ने इच्छा प्रकट गरेकाले यसपाली अर्थमन्त्री नबन्ने स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीले साह्रै जोड गर्नुभयो भने उहाँ (विष्णु पौडेल) अर्थमन्त्री बन्न सक्नुहुन्छ ।’ निकट स्रोतले भन्यो । पौडेल पार्टीको महासचिव हुन् ।

विष्णु पौडेलको सम्भावना कम भएपछि प्रधानमन्त्री सुरेन्द्र पाण्डे र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीमा केन्द्रीत भएको बताइन्छ । यद्धपि,अन्य आकांक्षीहरु पनि अर्थमन्त्रीको दावेदारका रुपमा आउन सक्छन् । राष्ट्रिय सभाको सदस्यका रुपमा बामदेव गौतमलाई लगेपछि गौतम पनि अर्थमन्त्रीका रुपमा आउन सक्ने सम्भावना उत्तिकै छ ।

तर अहिले भने बढी सम्भावना पाण्डे र ज्ञवालीको रहेको बताइन्छ । ज्ञवाली प्रमका निकट तथा विश्वास पात्र हुन् । पार्टीभित्र ज्ञवालीलाई अर्थमन्त्री बनाउने चर्चा चल्न थालेको छ ।

त्यस्तै, पाण्डेसँग अर्थ मन्त्रालय सम्हालेको पुरानो अनुभव छ । उनले अन्तर्राष्ट्रिय दाताहरुसँगको सम्बन्ध पनि राम्रो राख्न सक्ने पात्रका रुपमा चिनिन्छन् । विगतमा उनी झलनाथ खनाल निकट मानिन्थे । तर अहिले माधवकुमार नेपाल निकट मानिन्छन् । कार्यकर्ता तथा नागरिकको भावनाको कदर गर्न सक्ने तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिन सक्ने र एक असल राजनीतिज्ञको रुपमा रहेकाले प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयको साँचो पाण्डेलाई सुम्पिन चाहेको चर्चा चल्न थालेको छ ।

तर प्रधानमन्त्रीको निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाप्रतिको मोह भने झन गाडा भएको बताइन्छ । अर्थमन्त्रीमा दोहो¥याउन चाहँदा चाहँदै पनि बाध्यताबस दोहो¥याउन नपाए पनि खतिवडालाई अझै शक्तिशाली बनाउने चर्चा चलेको छ । डा.खतिवडालाई कुनै न कुनै शक्तिशाली भूमिकामा आफू निकट राख्न चाहेको बताइन्छ । प्रम निकट रहेर अप्रत्यक्ष रुपमा अर्थमन्त्री सम्माल्न सक्ने समेत आँकलन गरिएको छ । कर, पूँजीगत खर्च तथा पछिल्लो समय विभिन्न विषयमा विवादित भएसँगै पार्टीभित्रको चर्काे दबावका कारण डा. खतिवडालाई अर्थमन्त्रीमा दोहो¥याउन सकिएको थिएन । तर उनी अझै शक्तिशाली भूमिकामा देखिने बताइएको छ ।

Logo