त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार मलेसियालाई नेपालले जितका लागि २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२३ रन बनाएको हो।
नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक ११० रनमा अविजित रहे। दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए।
दीपेन्द्र नेपालबाट टी–२० मा शतक प्रहार गर्ने चौथो खेलाडी बने। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए।
रोहित पौडेलले ५१ रन बनाए। उनले ३२ बलमा टी–२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए। मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए।
नेपाल यसअघि नै फाइनल पुगिसकेको छ। आज मलेसियाको जित निस्किए स्वतः फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा पीएनजी फाइनल पुग्नेछ।































प्रतिक्रिया