प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने

प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन्। देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ। त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन्।

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने-ल्याउने व्यवस्था मिलाएको छ। देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए। उनी आज साँझ काठमाडौं फर्कनेछन्।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए।

Skip This
Skip This
Logo