सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाल भित्रिँदै

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाल भित्रिँदै

केन्द्रबिन्दु
0
Shares

सुजुकीको नयाँ स्कुटर एभेनिस नेपाली बजारमा भित्रिने भएको छ। नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले यो स्कुटर केही समयमै नेपाली बजारमा भित्रिने बताएको छ।

सुजुकीका एक्सेस र बर्गम्यान स्कुटर पहिले पनि नेपाली बजारमा उपलब्ध छन्, तर अब सुजुकी एभेनिस भित्रिए पश्चात भने नेपालमा लोकप्रिय मानिएका टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोलाई यो स्कुटरले कडा टक्कर दिने अनुमान गरिएको छ।

सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ। जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ। स्कुटरको कुल वजन १०६ किलोग्राम छ।

सुजुकी एभेनिस कन्सोललाई एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ। फोन जडान गर्न आफ्नो एन्ड्रोइड टीएम वा आईओएस डिभाइसमा ’सुजुकी राइड कनेक्ट’ एप डाउनलोड गर्नुपर्छ र एप्लिकेसन इन्स्टल गरिसके पछि प्रयोगकर्ताले स्कुटरलाई फोनबाट कनेक्ट गर्न सकिन्छ। त्यसपछि नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन तथा ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ।

न्यु सुजुकी एभेनिस एसईपी टेक्नोलोजी र सुजुकी राइड कनेक्टले सुसज्जित रहेको र यसले गर्दा सबैभन्दा स्पोर्टी र तीव्र गतीको सवारी भएको कम्पनीले बताएको छ। ब्लुटुथ डिजिटल कन्सोलको साथमा सुजुकी राइड कनेक्ट एप्लिकेसन मार्फत मोबाइल फोन सिंक गर्न सकिन्छ। जसमार्फत टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, ओभर स्पिड अलर्ट, फोनको ब्याट्रीस्तर डिस्प्ले र आगमनको अनुमानित समय जस्ता फिचर प्रयोग गर्न सकिन्छ।

सुजुकी एभेनिसमा इन्धन भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप उपलब्ध गराइएको छ। सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस र फ्रन्ट बक्स जस्ता फिचर रहेको छ। एड्भान्स स्पोर्टी स्टाइलिङ, मोटरसाइकलबाट प्रेरित रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले सुसज्जित रहेको छ। सुजुकी एभेनिसमा एड्भान्स स्पोर्टी डिजाइन रहेको छ। जसमा मोटरसाइकलबाट प्रेरित स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर समावेश छन्।

Skip This
Skip This
Logo