ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट

केन्द्रबिन्दु
0
Shares

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । 

ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

Skip This
Skip This
Logo