स्टडी ग्रुपद्वारा स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ती

स्टडी ग्रुपद्वारा स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ती

केन्द्रबिन्दु
0
Shares

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तीको लागि आवेदन खुल्ला गरिएको छ। यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन्। युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनका लागि यो स्कलरशिप प्रदान गर्न लागेको हो। र यसमा स्टडी ग्रुपमार्फत यस युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन्। 

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको प्रेजिडेन्ट इन्टरनेसनल स्टुडेन्ट स्कलरशिपमा कस्ता विद्यार्थी योग्य हुन्छन् ?

यो स्कलरशिप पाउनको लागि विद्यार्थीहरुले कक्षा शुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाईस्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ । यस छात्रवृत्तीको कुल रकम ६००० डलर प्रतिवर्ष रहेको छ र (अधिकतम २४००० डलर र ट्रान्सफर अप्लिकान्टहरुको लागि अधिकतम १२००० डलर) 

छनोटको लागि न्युनतम आवश्यकता 
● विद्यार्थीहरूले मे ज्ञ सम्ममा आवेदन दिइसकेको हुनु पर्नेछ। 
● न्यूनतम GPA M 3=5 ( 4=0 U=S=  ग्रेडिङ स्केलमा)
● SAT वा ACT स्कोर पेश गर्नुपर्नेछ ।

द देपान इन्टरनेसनल स्कलरशिप ८००० डलर

विद्यार्थी वा स्कलर भिसामा भएको नयाँँ विद्यार्थीले ८ सेमेस्टरको लागि प्रतिवर्ष २००० डलर पाउनेछन् । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा भर्ना हुनको लागि उत्कृष्ट शैक्षिक पृष्ठभूमी, ३.० जिपिए र अंग्रेजीमा दक्खल आवश्यक पर्छ । साथै सामुदायिक सेवामा आवद्ध भएको प्रमाण वा हाइस्कुलको कार्यक्रमहरुमा संलग्न भएको प्रमाण पनि आवश्यक पर्छ । 

द देपान इन्टरनेसनल स्कलरशिप, 
विद्यार्थी वा स्कोलर भिसामा गएको विद्यार्थीले प्रति सेमेस्टर २००० डलर चार सेमेस्टरको लागि प्राप्त गर्नेछन् । यसको लागि योग्य हुन ३.० जिपिए स्कोर, अंग्रेजीमा दक्खल र सामुदायिक सेवामा आवद्ध भएको प्रमाण आवश्यक पर्छ । 

स्टडी ग्रुपका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराले भनिन्, “नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले हामीले अग्रणी शिक्षा प्रदायकको रुपमा युके, युरोप, नर्थ अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका विश्व–विद्यालयहरुसँग सहकार्य गर्दै आएका छौँ । नेपाली विद्यार्थीहरुलाई यो स्कलरशिपले आफ्नो पढाई अगाडि बढाउन र राम्रो काम भेट्टाउन धेरै सहयोग गर्छ । र विद्यार्थीहरुलाई सहयोग गर्ने कुरामा फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले आफ्नो छुट्टै परिचय बनाएको छ । 

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी विद्यार्थी केन्द्रित पब्लिक रिसर्च युनिभर्सिटी हो । यस युनिभर्सिटीमा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट गरेर १७० भन्दा बढी डिग्री कार्यक्रमहरु उपलब्ध छन् । स्टडी ग्रुपले यस विश्वविद्यालयसँग मिलेर नेपाली विद्यार्थीहरुको शैक्षिक र पेशागत लक्ष्य हासिल गर्न सहयोग गर्नेछ।

Logo