त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)सामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५४ र करण केसीले ३३ रन बनाए ।

यस्तै आसिफ शेख २९, कुशल भुर्तेल २५, आदिल आलम १५ रनमा आउट भए । आरिफ शेख र दिलिप नाथले खातै खोल्न पाएनन् भने रोहित पौडेल २ रनमा आउट भए ।
पीएनजीका सेमो कामियाले ३ तथा चाद सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक एक विकेट लिए ।

दीपेन्द्रको एक हजार रन
राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले टी-२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । दिपेन्द्रले ३४ खेलबाट १ हजार रन पूरा गरेका हुन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दिपेन्द्रपछि पारस खड्का हुन् । उनले सन्यास अघि ७ सय ९९ रन बनाएका थिए ।































प्रतिक्रिया