सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका महाप्रवन्धक तथा सञ्चालक समितिका सदस्य डिमप्रकाश पौडेल, ईश्वरी पौडेल र फुर्वा ग्याल्जेन शेर्पालाई हटाउने गरि सोधिएको स्पष्टीकरणको विषय अगाडि नबढाउन आदेश जारी गरेको छ।
अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई महाप्रवन्धकसहित दुई जना सदस्यहरुलाई के कारणले स्पष्टिकरण सोधिएको हो भन्ने कारण देखाउन आदेश दिएको हाे।
पर्यटनमन्त्री आलेले महाप्रबन्धक पौडेलसहित तीन सदस्यलाई सञ्चालक समिति सदस्यबाट हटाउने गरि स्पष्टीकरण सोधेपछि उनीहरु सर्वोच्च पुगेका थिए।
साे रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले किन स्पष्टीकरण सोधिएको हो त्यसको कारण पेश गर्न र अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश जारी गरेको छ।































प्रतिक्रिया