सुनको मूल्य आज तीन सय रुपैयाँले घट्यो, तोलाको कति ?

सुनको मूल्य आज तीन सय रुपैयाँले घट्यो, तोलाको कति ?

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
बुधबार तेजावी सुनको मुल्य तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको मुल्यपनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

 

Logo