सुजुकीको ‘ह्याप्पी न्यु कार’ ग्राहक योजना सुरु

सुजुकीको ‘ह्याप्पी न्यु कार’ ग्राहक योजना सुरु

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार’ सार्वजनिक गरेको छ। 

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । 

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस्, स्विफ्ठ, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ। यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको छ। 

Skip This
Skip This
Logo