उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
बुधवार संघले काठमाडौं पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रुपमा वार्षिक रुपमा लाखौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताए ।
उनले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभइ सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने पनि बताए ।
महासचिव भण्डारीले महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरु बीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न, निजी शिक्षालयहरुको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको पनि बताए ।
त्यस्तै,संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनु पर्ने बताए । उनले विदेशी र नेपाली शिक्षालयको शिक्षामा ने विभेद भएको भन्दै त्यसलाई हटाउनु पर्ने बताए ।































प्रतिक्रिया