निर्वाचन आयोगले ७१ जना स्थानीय निर्वाचन अधिकृत हटायो

निर्वाचन आयोगले ७१ जना स्थानीय निर्वाचन अधिकृत हटायो

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ। 

बुधबार एक सूचना जारी गर्दै आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने नयाँ ७१ जनालाई निर्वाचन अधिकृतमा खटाएको जनाएको छ। 

विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ। नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ।

Logo